Logo

सिटिजन्सको थप ८ वटा शाखारहित बैंकिङ सेवा संचालनमा, शाखा संख्या ७९ पुग्यो

सिटिजन्सको थप ८ वटा शाखारहित बैंकिङ सेवा संचालनमा, शाखा संख्या ७९ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले थप ८ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले युकेएडको सहयोगमा संचालित सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले  नुवाकोटमा ६ र दोलखामा २ वटा शाखा संचालनमा ल्याएको हो । जसमध्ये दुईपिपले, बुधसिङ, खानीगाँउ, बागेश्वरी, गनेशथान र थानसीङ गाविसमा शाखा रहित बैंकिङ सेवा संचालन गरेको छ भने  दोलखा जिल्लाको सैलुङ र साहारे गाविसमा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा रहित बैंकिङ सेवा विस्तार पछि बैंकको सो संख्या ७९ पुगेको छ । शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL