Logo

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड, सम्झौतामा हस्ताक्षर

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड, सम्झौतामा हस्ताक्षर



काठमाडौं । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।

नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी लागेको बताए । उनले चाडै नै डाइनर्स क्लब अन्तराष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढी भन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरू स्विकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराए ।

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा ५००० भन्दा बढी पस टर्मिनलहरूमा स्विकार गराउने बताएको छ । यसबाट डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्कीका गठबन्धन संजालबाट जारी भएका कार्डहरू नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटीएम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुको लागि जारी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL