Logo

भिवोर र सोसाइटी विकास बैंक मर्जमा जान समझदारी, चुक्त पुँजी १ अर्ब ८१ करोड पुग्ने

भिवोर र सोसाइटी विकास बैंक मर्जमा जान समझदारी, चुक्त पुँजी १ अर्ब ८१ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्जरमा जानका लागि समभरदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । ‘ख’ वर्गका यी दुई वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा भिबोर विकास बैंकमा तर्फबाट संचालक समितिका अध्यक्ष मोहनदाश मानन्धर र सोसाइटी डेभलपमेन्ट बैंकका तर्फ बाट अध्यक्ष सुशिलराज पराजुलीले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात बैंकको नाम भिवोर सोसाइटी डेभलपमेन्ट बैंक रहने छ । यस्तै बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ । उक्त मर्जर प्रक्रिया २०७२ असार मसान्तभित्रै सकिसक्ने मर्जर कमिटिले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र पुँजी बृद्धि गर्न दिएको निर्देशनसँगै यी दुई वित्तीय संस्था एक आपसमा गाभिन पुगेका हुन् । सो समय अवधिभित्र विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ । थप पुँजी भने अन्य कुनै विकास बैंक वा वित्त कम्पनीलाई आफुमा मर्ज गारउने बैंकले बताएको छ ।

यस्तै, मर्जरपश्चात बैंकको निक्षेप ११ अर्ब रुपैयाँ पुग्ने छ भने कर्जा परिचालन ९ अर्व रुपैयाँ हुने छ । बैंकको शाखा संख्या ४३ पुग्ने छ भने ८ अंचलमा २० जिल्लामा बैंकको सेवा विस्तार हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL