काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने अनमति पाएको छ । बैंलाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो ।
बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।