Logo

एसबिआई बैंकको मुख्य शाखा स्थान्तरण, अव केशरमहलमा

एसबिआई बैंकको मुख्य शाखा स्थान्तरण, अव केशरमहलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो मुख्य शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्ना मुख्य शाखा स्थानान्तरण गर्दै केशरमहलमा सारेको छ ।

बैंक संचालक समितिका अध्यक्ष हसना शर्मा तथा समितिमा भारतीय स्टेट बैंक (एसबिआई.) लाई प्रतिनिधित्व गर्ने संचालकद्धय एसवीआई अन्तर्राष्ट्रिय बैंकिङ समूहका उप प्रबन्ध संचालक सिद्धार्थ सेनगुप्ता तथा मुख्य महाप्रबन्धक सुजित कुमार वर्मालेसयुंक्त रुपमा स्थानान्तरित मुख्य शाखाको उद्घाटन गरेका थिए ।

स्थानान्तरित शाखा कार्यालयले दरबार मार्ग शाखाले उपलब्ध गराउँदै आएका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने छ । स्थानान्तरित शाखाको आवश्यक भौतिक पूर्वाधार तयार हुन केही समय लाग्ने हुँदा अर्को सुचना नभएसम्म क्लियरिङ तथा कर्जासँग सम्बन्धित सेवा भने साविक कै स्थानबाट उपलब्ध हुने छ ।

बैंकले हाल ६७ वटा व्यवशायीक इकाई, ३ वटा क्षेत्रीय कार्यालय सहित ७८ वटा एटिएमबाट सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL