काठमाडौं । सिदार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैं विद्युतीय भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सिद्र्घाथ बैक लिमिटेडर क्लियरिङ हाउसबीच आज अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौतासँगै नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि आइपीएस प्रणाली उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुखकार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिदार्थ बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले हस्ताक्षर गरेका हुन् ।
सो प्रणालीमार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता कारोबारहरु पूर्णतया रुपमा स्वचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिलभुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलबभुक्तानी, रेमिटेन्स लगायतकाकुनै पनिप्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट गर्न सकिने छ ।
यस अघि कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, हिमालयन बैक लिमिटेड, एनएमबि बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सनराइज बैक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैक लिमिटेड, स्टार्डड चाट्र्ड बैक नेपाल लिमिटेड, कैलाश विकास बैक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडसँग सम्झौता गरिसकेको छ ।
यस सम्झौता पछि क्लियरिङ हाउसे अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा १० संस्था आवद्ध भएका छन् ।