Logo

कपोकल्पित र भ्रामक समाचार प्रकाशन नगर्न सेन्चुरी बैंकको अनुरोध

कपोकल्पित र भ्रामक समाचार प्रकाशन नगर्न सेन्चुरी बैंकको अनुरोध



काठमाडौं । भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै सेन्चुरी बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले एक बिज्ञप्ति जारी गर्दै केही अनलाईन समाचार माध्यमहरुले संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ ।

बैंकले बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा समाचार प्रकाशित गर्न बैंकले आग्रह गरेको छ ।

‘बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्त कर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता अर्विट्रेशन ट्रिवुनलसँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसलाआउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौं । तसर्थ अदालतीप्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानूनसंगतनहुने व्यहोरासमेत सम्र्पूण सरोकारवाला सबैमाजानकारी गराउन चाहन्छौं,’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्