Logo

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ्ग​ सेवा विस्तार

सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ्ग​ सेवा विस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग​ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ बयलकाँढामा ८२ औं शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । त्यसैगरी गत हप्ता बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली स्थित जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलालीकै टिकापुर नगरपालिका वडा नं. ८ धनसिंहपुरमा ८१औं गरि थप २ शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखा रहित बैंकिङ्ग​​बाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL