Logo

दाङमा मेगा ‘शाखारहित बैंकिङ सेवा’ सुदुरपश्चिममा ३० वटा पुर्याउँदै

दाङमा मेगा ‘शाखारहित बैंकिङ सेवा’ सुदुरपश्चिममा ३० वटा पुर्याउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मेगा बैंकले दाङमा शाखारहित बैंकिङ् सेवा शुरु गरेको छ । शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा बैंकले दाङको डुरुवा र मानपुर गाविसमा सो सेवा संचालनमा ल्याएको हो ।

वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL