Logo

एसवीआईले दियो २७ प्रतिशत नगद लाभांस, २६० करोडको हकप्रद जारी गर्दै

एसवीआईले दियो २७ प्रतिशत नगद लाभांस, २६० करोडको हकप्रद जारी गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसवीआई बैंकले आफ्ना सेयर धनीलाई २७ प्रतिशत नगद लाभांस दिने भएको छ । बोर्ड संचालक समितिको आज बसेको बैंठकले उक्त निर्णय गरेको हो ।

बोर्डको उक्त निर्णयलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको । यसैगरी, बैंकले कर  प्रयोजनका लािग १ दशमलव ४२ प्रतिशत नगद लाभांस दिने भएको छ ।

साथै संचालक समितिको उक्त बैठकले २ अर्ब ६० करोड रुपैयाँ सम्मको हकप्रद सेयर जारी निर्णय समेत गरेको छ । बार्डले अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रति शेयर नेटवर्थको सीमा भित्र रही हकप्रद सेयरको प्रिमियम निर्धारण गर्नका लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेस गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL