काठमाडौं । मेगा बैंकले ‘मेगा भिसा क्रेडिट कार्ड’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त कार्ड संचालनमा ल्याएको बताएको छ ।
बैंकले पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत संचालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ।
यसैगरी, विदेश यात्रा गर्न चाहने ग्राहकलाई सजिलो हुने गरी बैंकले मेगा भिसा ट्राभल कार्ड पनि ल्याएको छ । मेगा भिसा ट्राभल कार्ड संसारभर प्रयोग गर्न सकिने मेगा बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्डको सञ्जाल अझ बढी विस्तार हुने मेगा बैंकको विश्वास छ । तर, मेगा भिसा कार्ड संचालनमा ल्याइए पनि ग्राहकको सुविधाका लागि एससीटी कार्ड यथावत संचालन गर्ने बैंकले जनाएको छ ।
मेगा बैंकले अहिले उपत्यकामा १४ वटा र उपत्यकाबाहिर १८ वटा गरी ३२ वटा आफ्नै मेगा मनी मेशिन (एटीएम) सञ्चालन गरिरहेको छ ।