Logo

कृषि विकास बैंकले घटायो ब्याजदर, पर्यटन र पुनर्निर्माण प्राथमिकतामा

कृषि विकास बैंकले घटायो ब्याजदर, पर्यटन र पुनर्निर्माण प्राथमिकतामा


बिजखबर संवाददाता
27
Shares

कृषि विकास बैंकले आफ्नो ब्याजदर घटाएको छ । राष्ट्रिय प्राथमिकतामा परेका क्षेत्रको व्याजदर घटाएको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले बताए । ‘हामीले पर्यटन, कृषि, पुनर्निर्माण र होटल रेष्टुराँमा ब्याजदर घटाएका छौं,’ उनले भने, ‘ती क्षेत्रलाई प्राथमिकतामा राख्दै साविकको दरमा १ प्रतिशत ब्याजदर घटाएका छौं ।’ हाल बैंकले क्षेत्रगत रुपमा १० देखि ११ प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।

सिटौलाका अनुसार पुनर्निमाण, कृषि तथा पर्यटनजस्ता क्षेत्र राष्ट्रिय प्राथमिकतामा परेकाले त्यस्ता क्षेत्रलाई उकास्नका लागि आफुहरुले पनि ब्याजदर घटाएको बताए । ‘पछिल्लो सयम पर्यटन तथा होटल रेष्टुराँलगायतका क्षेत्र सुस्तायता छन्,’ उनले भने, ‘बैंकले ल्याएको यस योजनाले केही मद्दत गर्ने छ ।’

भुकम्पपछिको पुनर्निर्माणमा ठूलो काम हुनेभन्दै त्यसलाई मध्यनजर गर्दै ब्याजदर घटाइएको उनको दावी छ । साथै, आगामी दिनमा त्यस्ता क्षेत्रमा बैंकले लगानी समेत बढाउने भएको छ । बैंकले देशको कृषि क्षेत्र सुधारका लागि विशेष योजना ल्याउने समेत उनको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL