Logo

सानिमा बैंकको मोबाइल बैंकिङ एप, अब रेमिट्यान्स सेवा पनि उपलब्ध

सानिमा बैंकको मोबाइल बैंकिङ एप, अब रेमिट्यान्स सेवा पनि उपलब्ध



काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्ने जनाएको छ ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिने जनाएको छ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरूमार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नुहुनेछ । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई-बैंकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध रहेको बताएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL