काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै माग भन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्य दिन भित्रै अत्याधिक आवेदनको कारणले बिक्री बन्द गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे ।
यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने पनि बैंकले जनाएको छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६५ भन्दा बढी रकमको प्रतिबद्धता गरिसकेको छ ।
उपर्युक्त ऋणपत्र वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्धता अनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ खुल्ला गरिएको बैंकले जनाएको छ ।