Logo

मेगाले दियो १० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी २ अर्ब ८७ करोड पुग्ने

मेगाले दियो १० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी २ अर्ब ८७ करोड पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिएको छ । बैंक संचालक समितिको बैंठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनस सेयरसँगै मेगाको चुक्त पुँजी २ अर्व ८७ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्त पुँजी २ अर्व ६१ करोड रुपैयाँ रहेको छ ।

समितिको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाले पारित गर्ने छ । यसैगरी, बैंकले कर प्रयोजनका लागि जिरो दशमलव ५३ प्रतिशत नगद लाभास समेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL