Logo

मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, २०७९ सम्म स्प्रेडदरमा छुट

मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, २०७९ सम्म स्प्रेडदरमा छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिलाई स्प्रेडदर मार्फत प्रोत्साहन गरेको छ । उक्त प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा २०७९ असारमसान्तसम्म स्प्रोडदरमा छुट दिने भएको छ ।

यस अघि २०७८ असार मसान्तसम्म मात्र छुटको व्यवस्था भएकोमा त्यसलाई १ बर्ष थप गर्दैै २०७९ असार मसान्तसम्म पुर्याएको हो ।

हाल मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४.४ प्रतिशत हुनुपर्ने व्यवस्था भएपनि मर्जरको हकभने राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिमार्जन गर्दै छुट दिएका हो । यस्तो छुट सुविधा लिनका लागि ०७७ असार मसान्तसम्ममा एकीकृत कारोबार गरिसकेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL