Logo

प्रभु बैंकले आजदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर

प्रभु बैंकले आजदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर



काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्