Logo

निषेधाज्ञामा बैंक सञ्चालनमा थप कडाई, अब काठमाडौँमा ३ वटा शाखा मात्र खोलेर सेवा दिन पाउने (सूचनासहित)

निषेधाज्ञामा बैंक सञ्चालनमा थप कडाई, अब काठमाडौँमा ३ वटा शाखा मात्र खोलेर सेवा दिन पाउने (सूचनासहित)



काठमाडौं । निषेधाज्ञा अवधिभर बैंकहरुले काठमाडौँ जिल्लामा तीनवटा शाखामात्र खोलेर सेवा प्रदान गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा आफ्ना तिन वटा शाखा मात्र खोलेर सेवा दिन निर्देशन दिएको छ ।

यस्तै विकास बैंकहरुले २ वटा, फाइनान्स कम्पनीहरुले एक वटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने छ । यस्तै ललितपुरमा बाणिज्य बैंकहरुले २ वटा, भक्तपुरमा एउटा एउटा शाखा सञ्चालन गर्न सक्नेछन् । विकास बैंकहरू र फाइनान्स कम्पनीहरुले भने ललितपुरमा र भक्तपुरमा एक÷एक वटा शाखा खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको, सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना दैनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL