काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ ।
कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधामा प्रथम बर्षको लागि शतप्रतिशत छुट प्रदान गरीएको बैंकले जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको बैंकले जनाएको छ ।