Logo

बैंक वित्तीय संस्थालाई गभर्नरको चेतावनी, ५० हजारभन्दा तलको रकम ट्रान्सफर र झिक्न नदिए कारबाही

बैंक वित्तीय संस्थालाई गभर्नरको चेतावनी, ५० हजारभन्दा तलको रकम ट्रान्सफर र झिक्न नदिए कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार रुपैयाँ भन्दा कम रकम डिपोजिट (अन्य व्यक्तिको खातामा जम्मा) नलिने र झिक्न नदिने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कारोनाको कारण देखाउँदै ग्राहकसँग ५० हजार रुपैयाँभन्दा कम रकम डिपोजिट लिन र चेक सटही गर्न रोक लगाएसँगै राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएको हो ।

केही समय अघि नेपाल बैंकर्स संघले संस्थागत रुपमै ५० हजार रुपैयाँभन्दा तलको रकम डिपोजिट (अन्य व्यक्तिको खातामा जम्मा) गर्न तथा चेक सहटी गर्न रोक लगाएको थियो । तर त्यसरी रोक लगाउँदा धेरै ग्राहकहरु मर्कामा परेको भन्दै व्यापक गुनासो बढेको थियो ।

पछिल्ला समय गुनासो बढेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ससानो रकम झिक्न नपाउने भन्ने विषयमा कुनै पनि निर्देशन नभएको र यस्तो विषयमा निर्देशन नहुने बताएका छन् । ‘ससानो रकम झिक्न नपाउने भन्ने विष हुँदै होइन । यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन,’ गभर्नर अकिकारीले भनेका छन्, ‘यदि कुनै बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो, स्पष्ट जानकारी राष्ट्र बैंकको ग्रिभेन्स पोर्टमा जानकारी गराएमा हामीलाई कारबाहीको लागि सहज हुने थियो ।’

प्रतिक्रिया दिनुहोस्
MBL