Logo

‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना, पहिलो कारोबारमा बैंकको तर्फबाट १ सय क्यासब्याक

‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना, पहिलो कारोबारमा बैंकको तर्फबाट १ सय क्यासब्याक



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औं बार्षिक उत्सवको अवसरमा कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कन्नेक्ट आइपीएस,क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL