Logo

मेगा बैंकले खाल्यो अछाममा शाखा, शाखा संख्या २९ पुग्यो

मेगा बैंकले खाल्यो अछाममा शाखा, शाखा संख्या २९ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मेगा बैंकले अछाम जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले अछामको साँफेबगरमा आफ्नो २९ औँ शाखा खोलेको हो ।
दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको हो । साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो हो ।

शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सक्षम परियोजनासँगको आर्थिक तथा प्राविधिक साझेदारीमा ग्रामीण क्षेत्रमा बैंकहरुको विस्तार भइरहँदा दुर्गम क्षेत्रमा बैंकिङ सुविधा पुर्याउने राष्ट्र बैंकको प्रतिबद्धता पूरा भइरहेको बताए ।

यसैगरी, सक्षम एक्सिस टू फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहराले मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । साँफेबगर क्षेत्रमा बैंकिङ सुविधा विस्तार गर्न यो समझदारीले मद्दत मिल्ने उनको दावी छ ।

कार्यक्रममा मेगा बैंकका डेपुटी सिइओ श्रीचन्द्र भट्टले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुसार सक्षम परियोजनासँगको साझेदारीमा मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL