Logo

प्राइमले दियो १८ प्रतिशत बोनस सेयर, चुक्त पुँजी ३ अर्ब ७० करोड पुग्यो

प्राइमले दियो १८ प्रतिशत बोनस सेयर, चुक्त पुँजी ३ अर्ब ७० करोड पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रामइम कमर्शियल बैंकले आफ्ना सेयर धनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । बोर्ड संचालक समितिको २ सय ५८ औं बैंठकले उक्त निर्णय गर्दै आज नेप्सेलाई सोको वारेमा जानकारी दिएको छ । यसैगरी, बैंकले कर प्रयोजनका लागि जिरो दशमलव ९५ प्रतिशत नगद लाभांस दिने भएको छ ।

प्राइमले केही समय अघि २० प्रतिशत बोनस सेयर दिने बताएको थियो । तर, केही रकम प्रोभिजन गर्नु परेकाले घटाउनु परेको बैंक स्रोतले जानकारी दिएको छ ।

बोनस सेयर वितरसँगै बैंकको चुक्त पुँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्त पुँजी ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बैंकले बोनश सेयर, राइट सेयर र मर्जरबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL