Logo

निषेधाज्ञाभर ईमेलमार्फत मुद्धती खाताको नविकरण गर्न सकिने, बैंकर्स संघले गर्याे यस्तो निर्णय

निषेधाज्ञाभर ईमेलमार्फत मुद्धती खाताको नविकरण गर्न सकिने, बैंकर्स संघले गर्याे यस्तो निर्णय



काठमाडौं । नेपाल बैंकर्स संघले ईमेलमार्फत अनुरोध गरेर पनि मुद्धती खाताको नवीकरण गर्न सकिने निर्णय गरेको छ । संघले निषेधाज्ञा अवधिभर इमेलमार्फत अनुरोध गर्दा मुद्दती खाताको नवीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै संघले परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागु हुने गरी नवीकरण गर्न सकिने निर्णयसमेत गरेको छ ।

बैंकर्स संघले ग्राहकहरुलाई बैंकिङ कारोबार घरैबाट गर्नका लागि आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL