काठमाडौं । ग्लोबल आइएमई बैंकले सुदुर पश्चिममा ३ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको सहकार्यमा सुदुरपश्चिम क्षेत्रमा थप ३ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकि सेवाको पहुँचबाट टाढा रहेका बैतडी जिल्लाको देउलेक गाविस. वडा नं ३ खोचलेकमा, डडेलधुरा जिल्लाको आलीताल गाविस वडा नं. ५ र मष्टमाडौँ गाविस वडा नं. ६, सकायल मा आधारभुत बैंकिङ सेवा शुरु गरेको हो ।
बैंकले देउलेकमा सुरु गरेको सेवा सञ्चालनका लागि हरिश कार्की, आलीतालमा तेज राज भट्ट र मष्टमाडौँमा सुरेश शाही ज्यूलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।
सुदुरपश्चिम क्षेत्रका बासिन्दालाई बित्तिय सेवा पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले सक्षमसंगको सहकार्यमा यसअघि बैतडी र डडेलधुरा जिल्लामा २ एक्सटेन्सन काउण्टर र तिन शाखारहित बैंकिङ सेवा मार्फत आफ्नो सेवा सञ्चालन गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभुत बंैकिङ सेवा पुर्याउदै आएको छ ।
बैंकले ८८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ९३ एटिएम, ४० शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।