काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर मिलेर नेपाल सरकारलाई रेम्डेसिभिर औषधि सहयोग गरेको छ ।
कोभिड–१९ संक्रमित विरामीको उपचारमा प्रयोग हुँदै आएको उक्त औषधिको ५ हजार भायल बैंकले आफ्नो संस्थागत उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रमअन्तर्गत उपलब्ध गराएको जनाएको छ ।
उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसीले २८ वैशाखमा हस्तारन्तरण गरेको बैंकले जनानकारी दिएको छ । उक्त औषधि नेपालका लागि समेत संस्थापक बैंकले पठाइसकेको जनाएको छ ।
यसअघि पनि नेपाल बङ्गलादेश बैंकले आईएफआईसी र बङ्गलादेशको बेक्सिमको फर्मास्यूटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर औषधि नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।