Logo

१६ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, श्रम स्विकृती लिनेको संख्या घट्दै

१६ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, श्रम स्विकृती लिनेको संख्या घट्दै



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ९ महिनामा नेपालमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले विभिन्न देशबाट उक्त बराबरको रेमिट्यान्स भित्रेयाएको हो । जुन गत बर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५ प्रतिशतले बढि हो । गत बर्ष यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्विकृति लिनेको संख्या ६६ प्रतिशतले घटेको छ भने पुनः श्रम स्विकृती लिनेको संख्या ५५ दशमलव ७ प्रतिशतले घटेको छ । गत बर्षको यही अवधिमा यस्तो संख्यामा १५ प्रतिशतको गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL