Logo

राष्ट्र बैंकले कसैलाई पनि हकप्रद सेयर जारी गर्न नदिने, प्रवक्ता भन्छन्, प्राथमिकता मर्जर एक्विजिसन हो

राष्ट्र बैंकले कसैलाई पनि हकप्रद सेयर जारी गर्न नदिने, प्रवक्ता भन्छन्, प्राथमिकता मर्जर एक्विजिसन हो



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि संस्थालाई हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्न नदिने भएको छ । केही संस्थाहरुले सेयर बजारमा मूल्य चलखेल गर्ने मात्र प्रयोजनको लागि हकप्रद सेयर जारीको घोषणा गर्ने गरेको प्रवृत्तिलाई निरुत्साहित गर्न हकप्रद सेयर जारी गर्ने सुविधा प्रदान नगर्ने नीति लिएको छ । अहिले राष्ट्र बैंकमा केही संस्थाहरुले हकप्रद सेयर जारी गर्नका लागि आवेदन लिएकोप्रति शंका व्यक्त गर्दै राष्ट्र बैंकले कसैलाई पनि हकप्रद सेयर जारी गर्न नदिने नीति लिएको हो ।

समस्याग्रत मुक्त भएर आएका वित्तीय संस्थाको हकमा सिमित समय तोकेर चुक्ता पूँजी वृद्धि गर्ने समय दिएको उल्लेख गर्दै प्रवक्ता एवं बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी आगामी दिनमा यस्तो सुविधा नदिने बताए । उनले भने, राष्ट्र बैंकबाट लाईसेन्स लिएका कुनै पनि बैंक तथा वित्तीय संस्थालाई हकप्रद वृद्धिका लागि अनुमति नदिएको र आगामी दिनमा पनि हकप्रदको विषयमा राष्ट्र बैंक लिबरल नहुने नीति लिइएको छ ।

प्रवक्ता ढकालका अनुसार माइक्रोफाइनान्सको हकमा पनि नीतिगत व्यवस्था नै गरेर हकप्रद जारी गर्न रोक लगाएको छ,’ उनले भने, ‘अन्य वर्गका बैंक तथा वित्तीय संस्थालाई पनि अहिले पनि हकप्रद नदिएको र आगामी दिनमा पनि यस विषयमा राष्ट्र बैंक उदार हुने छैन ।’ प्रवक्ता ढकालको भनाई थियो, राष्ट्र बैंक हकप्रदका लागि उदार हुनेछैन र हकप्रदका लागि स्वीकृत दिने छैन ।

केही बर्षयतादेखि वाणिज्य बैंकहरुलाई मर्जर तथा एक्विजिसनमा दबाद लिन पुँजी वृद्धिको एकमात्र उपाय बोनस सेयर अथवा मर्जर एक्विजिसनलाई मात्र छुट दिइएको छ । यो नीति ‘राष्ट्र बैंकले माईक्रोफाइनान्सको हकमा पनि लागू गरिसकेको छ । अहिले साधारणसभाबाट पास गरिसकेकाको हकमा के हुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ढकालले भने, साधारण सभाबाट पास गर्न के अप्ठ्यारो छ र ? तर यसमा राष्ट्र बैंक लिबरल हुने छैन

पछिल्लो समय साधारण सभाबाट हकप्रदा जारी गर्ने निर्णय पास गर्ने र सेयर बजारमा चलखेल गर्ने प्रवृत्ति देखिएको छ। यस प्रवृत्तिमा नियन्त्रण जरुरी छ । अहिले बजारमा जेजति संस्थाले हकप्रद घोषणा गरे, सेयर बजारमा चलखेलका लागि हकप्रद जारीको फण्डा निकालेका छन्। कुनै संस्था घाटामा छ, फिर्ने हो कि होइन, थाहा छैन, तर त्यसलाई पनि सेयर बजारमा फण्डाका लागि हकप्रद चाहिएको छ ।

हाल एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायत केही संस्थाहरुले कसैले साधारण सभाबाट पास गरिसकेका छन भने कतिपयले हकप्रद ल्याउने तयारी गरिरहेका छन् । प्रवक्ता ढकालका अनुसार हाल राष्ट्र बैंकको नीति नै बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशन रहेको छ । त्यसैले हकप्रद जारीलाई निरुत्साहित गरिनेछ । यसै अनुरुप मौद्रिक नीतिमार्फत नै लाभांश वितरणमै नगद र बोनस सेयरमा क्याप लगाईको समेत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL