Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण



काठमाडौं । महालक्ष्मी विकास बैंक लि।ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले गत बैशाख २७ गते सोमबार भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्र्चाज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानी लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सामाग्री उपलब्ध गराएको जनाएको छ ।

देशभर १०३ वटा शाखाहरुमार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्