Logo

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत, साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत, साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेको छ ।

बैंकको चैत्र २६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । अब उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL