Logo

लकडाउनमा सुविधा दिन डेभलपमेन्टड बैंकर्स संघले जारी गर्यो ११ बुँदे मापदण्ड, डिजिटल बैंकिङलाई प्राथमिकता

लकडाउनमा सुविधा दिन डेभलपमेन्टड बैंकर्स संघले जारी गर्यो ११ बुँदे मापदण्ड, डिजिटल बैंकिङलाई प्राथमिकता



काठमाडौं । बढ्दो कोरोनासँगै भएको लकडाउनमा आफ्ना ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउन डेभलपमेन्ट बैंकर्स संघले १२ बुँदे मापदण्ड जारी गरेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशकलाई पालना गर्दै बैंकिङ सेवा प्रदान गर्न संघका सदस्य बिकास बैंकहरुले आफ्ना ग्राहकको सेवा प्रदान गर्न उक्त व्यवस्था गरेको हो ।

कोरोनाको विषम परिस्थितिले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकह्ररुलाई सेवा प्रदान गर्न चुनौंति थपेको भन्दै सुरक्षा उपाय अपनाएर बैंकिङ सुविधा प्रदान गर्न आग्रह गरेको छ । कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिड्को असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरुको अवलम्बन गर्न निम्न उपायहरु अपनाएको छ ।

यस्तो छ १२ बुँदे मापदण्ड तथा उपायहरु

1। निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरु बीच समन्वयताका लागि आदान प्रदान गर्ने,
2। सेवा प्रदान गर्न खोलिने शाखा÷बैकल्पिक शाखाहरुको सूची बैंकिङ् समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने,
3। स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने,
4। स्थानीय प्रशासन र अन्य निकायहरुसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने,
5। प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरुमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकी उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आइडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने,
6। सदस्य बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोवाइल नं., इमेल आइडी आदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउने,
7। एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष÷उपाध्यक्ष÷अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउने,
8। डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।
9। डिजिटल बैंकिङ् प्रडक्टहरुबाट गरिने बैंकिङ् कारोवारका प्रकृयाहरु र अपनाउनु पर्ने साबधानीका बारेमा पनि ग्राहकहरुलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने,
10। डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यासहरु उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने,
11। अन्य कुराहरुको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL