Logo

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल



काठमाडौं । एनआइबीएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुने एक अर्ब रुपैयाँमात्र रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।

गरिमा विकास बैंकले २०६४ साल साउन २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो भने मिति २०६४ असोज २४ मा आफ्नो वित्तीय कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको जनाएको छ । बैंकले हाल ३४ जिल्लामा १०६ शाखा कार्यालयहरू संचालित रहेको जनाएको छ ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बुधबार हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्