Logo

प्राइम कमर्शियल बैंकले कमायो २ अर्ब ८१ करोड नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो

प्राइम कमर्शियल बैंकले कमायो २ अर्ब ८१ करोड नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो



काठमाडौं । प्राइम कमर्शियल बैंकले तेस्रो त्रैमासमा २ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैकको खुद नाफा ३८.७६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले उकालो लागेर ४ अर्ब ४० करोड पुगेको छ भने सञ्चालन नाफा पनि ३९.२८ प्रतिशतले उकालो लागेको छ ।

बैंकको नाफा बढेसंगै प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ । हाल १६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL