Logo

एनआईसी एशिया बैंकको नाफामा २० प्रतिशतको वृद्धि, खुद नाफा ३ अर्ब नाघ्यो

एनआईसी एशिया बैंकको नाफामा २० प्रतिशतको वृद्धि, खुद नाफा ३ अर्ब नाघ्यो



काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको बैंकले यस त्रैमासमा ३ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड आर्जन गरेको थियो ।

बैंकले २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेर २ अर्ब ४७ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६ अर्ब ५८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५२ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ३९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६० करोड रहेको थियो ।

व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी बढेसँगै खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब २२ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ५६ करोड रहेको छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब २७ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशतबाट घटेर ०.४७ प्रतिशत रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ३४.६८ बाट बढेर रु ३४.८७ रहेको छ भने नेटवर्थ रु १६२.०३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL