Logo

कृषि विकास बैंकको नाफा २ अर्ब बढी, बैंकको वितरणयोग्य नाफा १८ करोडले बढयो

कृषि विकास बैंकको नाफा २ अर्ब बढी, बैंकको वितरणयोग्य नाफा १८ करोडले बढयो



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

गत आवको यसै अवधिमा २ अर्ब ४ करोड ४६ लाख खुद नाफा कमाएको बैंकले १.३९ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८ करोडले बढेको छ । गत आवको यसै अवधिमा १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेकोमा बढेर १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधीसम्म चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको १५ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ३.३७ रुपैयाँ घटेर २५.१५ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्मको  वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत, सञ्चालन नाफा २.२९, निक्षेप १.२१ र कर्जा लगानी १९.७७ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष १४ अर्ब १४ करोड २९ लाख र शेयरधनी कोषमा ४ अर्ब ३ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्