Logo

तम्घासमा खुल्यो प्रभुको शाखा, सहज रुपमा बैंकिङ सेवा प्रदान गरिँदै

तम्घासमा खुल्यो प्रभुको शाखा, सहज रुपमा बैंकिङ सेवा प्रदान गरिँदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रभु बैंकले गुल्मी जिल्लाको तम्घासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका संचालक दक्ष पौडेल शुभाषले विहीबार एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । बैंकले मर्जर पश्चात बुटवलको शाखालाई स्थानान्तरण गरी तम्घासमा खोलेको हो ।

मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु संचालन हुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकल जानकारी दिएको । यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले ४६ अर्ब निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL