Logo

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफामा ७.७० प्रतिशतको वृद्धि, तेस्रो त्रैमाससम्मको नाफा ३ अर्ब २७ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफामा ७.७० प्रतिशतको वृद्धि, तेस्रो त्रैमाससम्मको नाफा ३ अर्ब २७ करोड रुपैयाँ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा वितरणयोग्य नाफा १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ रहेको थियो । गत आवको सोहि अवधिको तुलनामा चालु आवमा १६२.७९ प्रतिशत बढि वितरणयोग्य नाफा कमाएको हो ।

चालु आवको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.८९ प्रतिशत घटेर ६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ६ अर्ब ९७ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ५.५० प्रतिशत घटेर ७ अर्ब ५२ करोड ५० लाख रुपैयाँ आम्दानी रहेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ६.१५ प्रतिशत बढेर ४ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेर ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँ, जगेडा कोष २५.७१ प्रतिशत बढेर १७ अर्ब ६३ करोड ७ लाख रुपैयाँ, निक्षेप ४.२५ प्रतिशत बढेर २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख रुपैयाँ र कर्जा लगानी ११.०९ प्रतिशत बढेर १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्