Logo

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ५९ करोड

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ५९ करोड



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफामा उल्लेख्य वृद्धि गरेको छ । यो अवधिमा बैंकले खुद नाफा ४४ दशमलव ०८ प्रतिशत वृद्धि गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, वितरण योग्य नाफा पनि १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा सुधार भएपछि खुद नाफा बढेको हो । बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गरेको छ ।

अधिकांश सूचकमा सुधार गरेको बैंकको रिजर्भ कोष पनि बढेको छ । प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ८६ पैसाले बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ । प्रभु बैंकले आगामी दिनमा साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने योजना बनाएको छ ।

यस्तै, कृषि तथा उर्जा जस्ता उत्पादनमुलक क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना प्रभु बैंक व्यवस्थापनले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL