Logo

कुमारी बैंकको नाफामा छलाङ, तेस्रो त्रैमासमा १ अर्ब ८० करोड खुद नाफा आर्जन

कुमारी बैंकको नाफामा छलाङ, तेस्रो त्रैमासमा १ अर्ब ८० करोड खुद नाफा आर्जन



काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा छलाङ मारेको छ । बैंकले तेश्रो त्रैमासमा १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

त्यस्तै, चैत मयस अवधिमा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको यस अवधिमा ४ करोड ५० लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवको यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २०८५।१५ प्रतिशतले बृद्धि भएको देखिन्छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड २७ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी साढे ७ करोडबाट बढेर करिब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेर २ अर्ब ५९ करोढ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशत बढेर १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ३.७३ प्रतिशत बढेर ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, बैंकको निक्षेप ९.५७ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र कर्जा १६.५५ प्रतिशत बढेर १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्