Logo

एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा, शाखा संख्या १०३ पुग्यो

एभरेष्ट बैंकको नयाँ शाखा दमौलीमा, शाखा संख्या १०३ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखाको उद्घाटन गरेको छ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेका छन् । यसै उद्घाटन समारोहमा बैंकले डिजिटल भुक्तानीलाई प्रबद्घन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ किउआर कोड पनि हस्तान्तरण गरेको छ ।

बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय , १३५ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL