Logo

प्रभु बैंकको नयाँ शाखा कार्यालय विस्तार, नुवाकोटको महादेव फाँटमा नयाँ शाखा सञ्चालन

प्रभु बैंकको नयाँ शाखा कार्यालय विस्तार, नुवाकोटको महादेव फाँटमा नयाँ शाखा सञ्चालन



काठमाडौ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे । उक्त शाखा कार्यालयको उदघाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL