काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले नाफामा बढोत्तरी गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
केही समयअघि तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिको तुलनामा ४१.६१ प्रतिशत नाफा बढाएको हो ।
बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३।१९ प्रतिशत बढेको छ भने प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ६७ पैसा पुगेको छ । बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकले निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाएको छ । निस्किृय कर्जा पनि १.८३ प्रतिशतमात्रै देखिएको छ ।