Logo

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाले गरे पदभार ग्रहण, गभर्नर अधिकारीबाट लिए सपथ

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाले गरे पदभार ग्रहण, गभर्नर अधिकारीबाट लिए सपथ



काठमाडौं। प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले सोमबार पदभार ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सोमबार बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

सञ्चालकका रुपमा नियुक्त भएका उनलाई बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनको नेपालको बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रेहको छ । सिटौलाले नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भई कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी वहन गरेका थिए ।

उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । सो अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए । उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL