Logo

सिभिल बैंकको कामु सिईओमा पोखरेल नियुक्त, गुरुङको राजीनामा स्वीकृत

सिभिल बैंकको कामु सिईओमा पोखरेल नियुक्त, गुरुङको राजीनामा स्वीकृत



काठमाडौं । सिभिल बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङले दिएको राजीनामा स्वीकृत गरेसगै पोखरेललाई प्रमुख कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

बैंकको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले यहि वैशाख १८ गतेदेखि लागू हुनेगरी गुरुङको राजीनामा स्वीकृत गरेको हो । साथै उक्त बैठकले नै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब कार्यकारी प्रमुखलाई जिम्मेवारी दिएको हो ।

किशोर महर्जनको पदावधि सकिएपछि गुरुङ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL