Logo

मुक्तिनाथ विकास बैंक र चितवनको द फर्न रेसिडेन्सी होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंक र चितवनको द फर्न रेसिडेन्सी होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र चितवनस्थित द फर्न रेसिडेन्सी होटलबीच सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई होटलको सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले होटल चितवन प्रालि बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्