Logo

नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, घरकर्जा ९ दशमलव ९९ प्रतिशतमै

नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, घरकर्जा ९ दशमलव ९९ प्रतिशतमै



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक हो । नेपाल बंगलादेश बैंकले १३ वटा बचत खातामा न्यूनतम २ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ ६ महिना अवधिसम्मको लागि ७ दशमलव २५ प्रतिशत र ६ महिना बढि अवधिको लागि ७ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ७.२५ प्रतिशतदेखि ७.७५ प्रतिशत कायम गरेको छ । बैंकले फिक्स लोन तर्फ ५ वर्षे घरकर्जाको लागि ९.९९ प्रतिशत र ५ वर्ष बढि अवघिको कर्जामा १०.९९ प्रतिशत ब्यादर तोकेको छ ।

त्यस्तै, ५ वर्षे अवघिको हाउजिङ लोनको लागि ९.९९ प्रतिशत, १० वर्षे अवधिको लागि १०.९९ र २० वर्षे अवधिको लागि ११.४९ प्रतिशत ब्याज तोकेको छ । ५ वर्षे अवधिको शैक्षिक कर्जाको लागि ११.९९ प्रतिशत र १० वर्षे अवधिको कर्जाको लागि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । ३ वर्षे अवधिको प्रोफेशनल कजाृको लागि ११.९९ र ५ वर्ष अवधिको लागि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्