Logo

एनआईसीको नयाँ वर्ष योजना : डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता

एनआईसीको नयाँ वर्ष योजना : डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता



काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस र स्टप ग्र्यावबाट वैशाख ३ सम्म विभिन्न सामग्रीहरूको खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद रकम फिर्ता हुने बैंकले जनाएको छ ।

बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आई सर्भिस मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिन्छ । साथै, बैंकले काठमाडौं मेरिएट होटल र दृश्य लाउन्ज न्यू इयर इभमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ ।

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मोमो एपमार्फत एनआईसी एशिया २०७८ कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि सवस्क्रिप्सन हुनेगरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL