Logo

डिजिटल कारोबारमा छलाङ : एक महिनामा डेढ खर्ब बढीको कारोबार, कनेक्ट आईपीएसमार्फत १ खर्ब बढीको भुक्तानी

डिजिटल कारोबारमा छलाङ : एक महिनामा डेढ खर्ब बढीको कारोबार, कनेक्ट आईपीएसमार्फत १ खर्ब बढीको भुक्तानी



काठमाडौं । पछिल्लो समय डिजिटल कारोबारले गति लिएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार डिजिटल माध्यमबाट फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र १ खर्ब ७२ अर्ब ४ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत माघमा यस्तो कारोबार १ खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँको भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र ८ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत माघमा ८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत १ करोड ८२ हजार पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत ९अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा १ करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा २ करोड ८० लाख रुपैयाँले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ । कनेक्ट आईपीएसमार्फत मात्रै १ खर्ब १० अर्बको कारोबार भएको छ।

क्यूआर कोडमार्फत भुक्तानीमा उलेख्य वृद्धि

राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

गत माघमा १ अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा २ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा ५ लाख ३५ हजार ७ सय ९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७ सय ३८ पटक कारोबार भएको छ ।

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL