Logo

नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । एसबिआई बैंकले कर्पोरेट पे प्रणालीका लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा नेपाल एसबिआईका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्म मार्फत बैंकमा नगई आफैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL