Logo

सिटिजन्स बैंक र किंग्स लाउन्जबीच सम्झौता, बैंकका ग्राहकलाई किंग्स लाएन्जमा विशेष छुट

सिटिजन्स बैंक र किंग्स लाउन्जबीच सम्झौता, बैंकका ग्राहकलाई किंग्स लाएन्जमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किंग्स लाउञ्ज बीच एक सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । किंग्स लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । साथै बैकले हालै युएसडी इकम कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् ।

बैंकले हाल आफ्ना १ सय ६७ वटा शाखा, १ सय १३ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवाबाट सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्